Section 78
प्रतिलिपि दिन सकिने
(१) भन्सार कार्यालयमा रहेको कुनै प्रमाणपत्र, बील वा अन्य कागजातको प्रतिलिपि लिन चाहने सरोकारवाला व्यक्तिले तोकिए बमोजिमको दस्तुर संलग्न गरी निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गरी निवेदकलाई त्यस्तो बील वा कागजातको प्रतिलिपि सम्बन्धित भन्सार अधिकृतले दिन सक्नेछ ।